ओली स्वदेश फिर्ता

२०७५ असार १० गते, आईतवार

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । आज प्रधानमन्त्री ओली बिहान १०ः १५ बजे स्वदेश आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए ।
६ दिने चीन भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिङपिङ उपयुक्त समयमा नेपाल आउने समेत बताए । प्रधानमन्त्री ओलीले नेपालसम्म रेल पुर्‍याउन चीन तयार रहेको समेत दाेहाेर्याए । रेल चीनले बनाइदिने कि नेपाल अाफैँले बनाउने अाशयसहित सञ्चारकर्मीद्वारा साेधिएकाे प्रश्नमा उनले टेढाे उत्तर दिए । ‘रेलमा लगानी कसले गर्छ’ भनी प्रश्न गर्दा प्रधानमन्त्री अाेलीले भने ‘जोसँग पैसा छ, उसैले लगानी गर्छ ।’

प्रतिक्रियाहरु

[anycomment]