नेपालको १० विगाहाभन्दा बढी जमिन भारतीयको नियन्त्रणमा

२०७५ असार १४ गते, बिहीबार

काठमाडौं, १४ असार । नेपाल–भारत सिमानामा रहेको झापाको कचनकवल गाउँपालिका–४ स्थित पोक्लावाङको १० बिगाहभन्दा बढी जमिन भारतीयले नियन्त्रणमा लिएका छन् । स्थानीय रुपणी नदी धार परिवर्तन गर्दै उत्तरतर्फ सर्दा दक्षिणतर्फको नेपालको सबै भाग भारतीयले नियन्त्रण गरेका हुन् । हरेक वर्ष नदीले कटान गर्दै उत्तरतिर सर्ने र दक्षिण तिरको जमिन भारतीयले नै जोतभोग गर्ने गरेको स्थानीय बताउँछन् । नदीको धारभन्दा लगभग चार सय मिटर दक्षिणमा मात्र सीमा पिलर र जंगे पिलर छ तर भारतीय नागरिकले जवरजस्ती जमिन जोतभोग गरिरहेका छन् । करिब एक वर्षअघि नेपाल–भारत संयुक्त सीमा टोलीले नदी कटान तथा सीमा अवलोकन गरेको थियो ।
त्यस बेला सर्भेमा आएका भारतीय कर्मचारीले सीमाभन्दा उत्तरको जमिन नेपालको हो भने पनि स्थानीय भारतीय नागरिकले आफूहरुलाई भोगचलन गर्न नदिएको नेपालीहरु बताउँछन् । भारतीयले कब्जा गरेको जमिन नजिक नेपालको कुनै सुरक्षा पोष्ट समेत छैन । भारतीय पक्षले नियन्त्रणमा लिएको जमिन नेपालको सबैभन्दा होचो स्थान कचनकबल स्तम्भबाट लगभग डेढ किमी उत्तर पूर्वमा पर्छ ।

प्रतिक्रियाहरु

[anycomment]