साझा पार्टीका नेता–कार्यकर्ता गिरफ्तार

२०७५ असार १६ गते, शनिबार

काठमाडौं, १६ असार । विवेकशील साझा पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तारीमा परेका छन । सरकारले माइतिघर मण्डलामा विरोध प्रदर्शनमा निषेध गरेको विरोधमा गरिएको प्रदर्शनको क्रममा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले विवेकशील साझा संयोजक उज्ज्वल थापासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो माइतीघर मण्डलामा साझा पार्टीले विरोध प्रदर्शन गरेको थियो । निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।
२०७४ चैत ३० गते काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकले माइतीघरसहित ७ स्थानमा विरोध गर्न निषेध गरेको थियो । सरकारले काठमाडौंको खुलामञ्च, लैनचौर समाज कल्याण परिषद अगाडि, सिफल चौर, पेप्सीकोला खेल मैदान, भुईंखेल चौर र तीनकुने चौरमा मात्र विरोध प्रदर्शन गर्न दिने सरकारको निर्णय छ ।

प्रतिक्रियाहरु

[anycomment]