सरकारको फासिवादी चरित्र उदाङ्गियो : जिवन्त

२०७५ असार १७ गते, आईतवार

काठमाडौँ,१७ असार । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य जीवन्तले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप सरकारको फासिवादी चरित्र उदांगो भएको बताएका छन् । उनले राज्यशक्तिको चरम दुरुपयोग गरेर प्रधानमन्त्री ओलीले देशलाई फासिवादतिर धकेलेको बताए । शनिबार पार्टी प्रवेश कार्यक्रमबाट पार्टीको सल्लाकार समितिका अध्यक्ष इश्वरी दाहाल, पोलिट्ब्यूरो सदस्य भरत बम, पदम राई, केन्द्रीय सदस्य मकर गुरुङसहित ४० जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर सरकारले नागरिकको न्यूनतम अधिकारमाथि नै हस्तक्षेप गरेको बताए ।
“ओली नेतृत्वको सरकार कति फासिवादी छ भन्ने शान्तिपूर्ण कार्यक्रमबाट कुरा ८० वर्षीय इश्वरी दाहाललाई गिरफ्तार गरेबाटै पुष्टि भएको छ” जीवन्तले भने । उनले सरकारको यस्तो हरकतको पार्टीले देशभर भण्डाफोर गर्ने बताए । सरकारको रबैयालाई जनताको बीचमा लिने बताउँदै जीवन्तले भने, “राज्यशक्तिको चरम दुरुपयोग गरेर देशलाई फासिवादतिर धकेल्न कार्यको चौतर्फी राजनैतिक भण्डाफोर अभियान संचालन गर्नु जरुरी छ । हाम्रो पार्टी बिगत ४ महिनादेखि अभियानमा नै छ । अझै यो सरकारको रबैयालाई जनताबीच लैजान्छौं ।” उनले सरकारको फासिवादी रबैयाविरुद्ध देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
जीवन्तले गिरफ्तार सम्पूर्ण नेताहरुको रिहाईको माग गरेका छन् । उनले रिहा नगरे पार्टी कडा संघर्षको घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]