इसाइ धर्म प्रचारमा संलग्न दम्पतीलाई देश निकाला

२०७५ असार २५ गते, सोमबार

काठमाडौँ, २५ असार । गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञाको आडमा धर्म प्रचार गरेको आरोपमा फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको छ। इसाइ धर्म प्रचारमा संलग्न भएका आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवतः पहिलो घटना हो।
व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमनलाई छानबिन गर्न निर्देशन दिएको थियो।निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रिता गोङ्गा रहेका छन् ।
यसअघि सरकारले धर्म प्रचार गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था (एनजीओ र आईएनजीओ) दर्ता तथा नवीकरण नगर्ने र एनजीओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निश्कर्ष निकाल्दै सरकारले नियमनमा कडाई गरिने बताएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]