काँग्रेसद्वारा संसद बैठक बहिस्कार
काठमाडौं, १७ साउन । नेपाली काँग्रेसकी सांसद निरु पालमाथि भएको घटनाप्रति सरकार सचेत रहेको भन्दै गृहमन्त्री रामबहादुर थापाले सांसदमाथि भएको घटना राजनीतिक अपराधसँग जोडिएको प्रतिक्रिया दिएका छन् । राजनीतिक अस्थिरता र देशको प्रगति नचाहनेहरुले यस्ता गतिविधि बढाउन थालेको गृहमन्त्री थापाको भनाई थियो । राज्यलाई उल्टाउन खोज्ने गतविधिहरुलाई निरुत्साहित गर्न सरकार अघि बढेको समेत मन्त्री थापाले बैठकलाई जानकारी दिए । यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिमा भएको घटनाको अनुसन्धान जारी रहेको र पीडित परिवारको जाहेरीका अधारमा दुई जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दायर गरिएको समेत मन्त्री थापाले सदनलाई जानकारी गराएका थिए ।
गृहमन्त्रीले सदनमा जवाफ दिनुपूर्व काँग्रेस साँसद निरुपालले वानेश्वरमा हिजो दिनदहाडै बन्दुक तेर्साएर धम्काइएको बारे सदनमा जानकारी गराएका थिए । । तर, गृहमन्त्री थापाले आफ्नो भनाई राखेपछि सिधा सवाल गर्न नदिएको भन्दै नेपाली काँग्रेसले संसद बैठक बहिस्कार गरेका थिए ।