बंशजका आधारमा नागरिकता वितरण नगर्न निर्देशन

२०७५ श्रावण २१ गते, सोमबार

काठमाडौं , २१ साउन । सरकारले जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई बंशजका आधारमा तत्काल नागरिकता नदिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता ऐन संशोधन भएपछि मात्रै नागरिकता बितरण गर्न निर्देशन दिएको हो । ऐन संशोधनको मस्यौदा मन्त्रिपरिषदमा पुगेको जनाउँदै मन्त्रालयले संसदमा प्रस्तुत भएर विधेयक पारित भएपछि मात्रै नागरिकता वितरण गर्न/गराउन पत्राचार पत्राचार गरेको छ ।
यता, प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले संवैधानिक व्यवस्था र अदालतको आदेशलाई देखाउँदै जन्मका आधारमा नेपालको नागरिकता पाएकाको सन्तानलाई बंशजको नागरिकता दिन प्रदेशका ८ वटै जिल्लालाई परिपत्र गरेको थियो । प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सघीय सरकारले जिल्ला प्रशासन कार्यालयलाई यसअघि नै निर्देशन दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]