२७ जना एसएसपीको सरुवा

२०७५ श्रावण ३१ गते, बिहीबार

काठमाडौं, ३१ साउन । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल प्रहरीका २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को एकैसाथ सरुवा गरेको छ । मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा बसन्त लामालाई पठाएको छ । त्यसैगरी रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानीपोखरीमा प्रद्युम्नकुमार कार्कीलाई पठाइएको छ ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा रहेका विश्वराज पोखरेललाई नेपाली राजदूतावास नयाँ दिल्लीमा पठाइएको छ । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामा अरुणकुमार बिसीलाई पठाइएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायमा बोधार्थ पठाएको छ । प्रधान कार्यालयले बढुवापछि खाली भएका, पूर्ति हुन नसकेकालगायत स्थानमा एसएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]