नेकपा चितवनका नेता गिरफतार

२०७५ भाद्र १० गते, आईतवार

काठमाडौं, १० भदौ । प्रहरीले नेकपा चितवन जिल्ला पार्टी सदस्य कमल पनेरु चिरागलाई गिरफतार गरेको छ । उनलाई विरामी परेर सुतिरहेको अवस्थामा रत्ननगर नगरपालिका १० स्थित उनकै घरबाट आज बिहान पक्राउ गरिएको नेकपा चितवनले जनाएको छ । बिरामी भएर घरमा सुतिरहेको व्यक्तिलाई प्रहरीले विनाकारण आस्थाकै आधारमा पक्राउ गरेको भन्दै नेकपा चितवनले विरोध तथा भत्र्सना गरेको छ । नेकपा चितवनका सेक्रेटरी ध्रुव खडकाले आफ्नो पार्टी सम्बद्ध व्यक्तिहरुलाई आस्थाकै आधारमा प्रशासनले दुख दिएको भन्दै यस्तो हर्कत बन्द गर्न आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]