नेकपा पोलिटब्युरो सदस्य शिलु गिरफ्तार

२०७५ भाद्र १३ गते, बुधबार

काठमाडौं, १२ भदौ । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेको छ । उनलाई काठमाडौँको वनस्थलीमा रहेको उनकै डेराबाट पक्राउ गरिएको बताइएको छ । नेपाल प्रहरीको सिआइवीको टोलीले भुजेललाई पक्राउ गरी लगेको उनको परिवारले जानकारी दिएको छ । प्रहरीले यस अघि पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलगायत पोलिटब्युराे सदस्यहरू पदमबहादुर राई, ओमप्रकाश पुन, कृष्ण धमला र मोहन कार्की केन्द्रीय सदस्य तथा नेकपाका कोशी ब्युराे इन्चार्ज किरण राई, सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, देबनारायण शाह, टेकबहादुर केसी लाई पक्राउ गरी हिरासतमा राखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]