सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै
काठमाण्डौ, ७ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । आजको बैठकमा पार्टी एकीकरण, जनसंगठनहरूको एकीकरण, सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका करिब एक दर्जन प्रस्तावित एजेन्डामाथि छलफल हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बोलाइएको बैठकमा पार्टी एकताको एजेन्डामा केन्द्रित हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।