दाहाल दिल्ली प्रस्थान

२०७५ कार्तिक ९ गते, शुक्रबार

काठमाडौं, ९ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल इन्डिया फाउन्डेसनले दिल्लीमा गर्न लागेको संगोष्ठीलाई सम्बोधन गर्न भारततर्फ प्रस्थान गरेका छन् । संगोष्ठीमा दाहालसँगै भारतीय वित्त मन्त्री अरुण जेट्ली तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै दाहालले भ्रमणमा राजनीतिक भेटवार्ता नहुने बताए । उनले आफू उक्त कार्यक्रममा सहभागी भएर आजै बेलुका नेपाल फर्कने बताए । विचार निर्माणसम्बन्धी कार्यक्रम भएकाले उक्त कार्यक्रमले दक्षिण एसियामा विचार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महसुस गर्दै आफू सहभागी हुन लागेको दाहालले बताए । कार्यक्रममा आफूले पार्टी र देशको दृष्टिकोण राख्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु