वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन
काठमाडौं, १८ कात्तिक । वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको ७८ बर्षको उमेरमा निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वास्थ्य अवस्था निरन्तर विग्रदै गएपछि उहाँलाई गत गत साता माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पताल लगिएको थियो । २०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा निर्वाचित भएपछि उनको ख्याति देशविदेशमा चुलिएको थियो । तत्कालीन विद्रोेही नेकपा माओवादी र सरकारबीच सम्झौता गराउन महत्वपूर्ण भुमिका निभाउनु भएका तुलाधर २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री समेत भएका थिए ।