‘जिसिई’को विश्व सम्मेलन सुरु

२०७५ कार्तिक ३० गते, शुक्रबार

काठमाडौं, ३० कार्तिक । शिक्षाका लागि विश्व अभियान (जिसिई) को छैटौँ विश्व सम्मेलन आजदेखि राजधानीमा सुरु हुँदै छ । विश्वभरका शिक्षा अधिकारकर्मीहरूको साझा सञ्जाल (जिसिई) मा एक सयभन्दा बढी देशका दुई सय ५० शिक्षाकर्मी तथा नागरिक समाजका नेतृत्व एवं युवा अभियानकर्मी सम्मिलित हुँदै छन । समेलनलाई संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मद, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । शिक्षाका लागि विश्व अभियानकी अध्यक्ष क्यामिला क्रोसोले विश्व सम्मेलनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व र कार्य्दिशा चयन गर्ने जानकारी दिए ।
जिसिईका अनुसार विश्वमा २६ करोडभन्दा बढी बालबालिका विद्यालय बाहिर छन। पर्सी आइतबार सम्म चल्ने सम्मेलनले २० देशका ४० युवाको सार्वजनिक शिक्षासम्बन्धी निष्कर्ष समेतलाई अनुमोदन गर्नेछ । स्थानीय आयोजकसमेत रहेको राष्ट्रिय अभियान नेपाल (एनसिई)का अध्यक्ष कुमार भट्टराईले विश्व सम्मेलन नेपालमा गर्न पाउनु अवसरको विषय रहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु