नेकपा केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै

२०७५ मंसिर ९ गते, आईतवार

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन सोमबार हुने बताएको छ । आज गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्यविभाजनको टुंगो लगाउने निर्णय गरेको हो । केन्द्रीय सदस्यको कार्यविभाजनपछिमात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल र नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु