जोर–बिजोर नियम खारेज

२०७५ मंसिर १४ गते, शुक्रबार

काठमाडौ, १४ मंसिर । सरकारले सवारीसाधनमा लगाइएको जोर–बिजोरको नियम हटाएको छ । आजदेखि सुरु हुने एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै बिहीबारदेखि १६ गतेसम्मका लागि लागू गरिएको सवारीसाधनमाथिको जोर–बिजोर नियम गृहमन्त्रालयको निर्देशनमा आजै (शुक्रबार) साढे ११ बजेदेखि हटाइएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ । विभिन्न १५ भन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुख र उच्च पदस्थ अधिकारी काठमाडौँमा आउने भन्दै सडक खाली गर्न सरकारले बिहीबारदेखि जोर–बिजोर नियम लागू गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु