प्रचण्ड र बादल ‘लाल गद्दार’

२०७५ पुष ४ गते, बुधबार

काठमाडौं, ४ पुस । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले पुष्पकमल दाहाल (प्रचण्ड) र बादललाई ‘लाल गद्दार’ घोषणा गरेका छन् । बझाङ सदरमुकाम चैनपुरमा नेकपाले आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड र बादललाई ‘लालगद्दार’ घोषणा गरेका हुन् ।
यस अघि बर्तमान गृहमन्त्री राम बहादुर थापा ‘बादलले त्यही बझाब सदरमुकाम चैनपुरको मञ्चबाट पुष्पकमल दाहल प्रचण्डलाई लाल गद्दार घोषणा गरेका थिए । नेता पुनले नेपाली क्रान्तीको अगुवाई गर्दै १६ हजार नेपालीको रगतका आडमा सत्तामा पुगेका लाल गद्दार गृहमन्त्री रामबहादुर थापाले सरकार र शक्तिको तुजुक देखाएर आफ्ना पाटीका ११ जना पोलिटब्यूरो सदस्यदेखि अन्य नेता कार्यकर्तालाई बिभिन्न किसिमका मुद्धा लगाई जेल तथा अनावश्यक दु:ख दिएको आरोप लगाए । उनले पुजीबाद र विदेशी दलालहरुको बर्तमान कम्युनिष्टको सरकारले जनताको भावना अनुरुप काम गर्नुको सट्टा भष्टचार गरि खुल्ला रुपमा कमिसन र घुसखोरीलाई अवसर दिइरहेको आक्षेप लगाए ।
नेता पुनले बर्तमान सरकार भन्दा त पन्चायत नै राम्रो भएको बताउदै पन्चायत कालमा भएका उद्योग धन्दा समेत बिक्री गरि लुटको खेती भएको बताए । उनले केपि ओली र प्रचण्डहरुको पन्चायतहरुको जतिकै पनि शाहस नभएको बताउदै दलाल र पुजीबादी भएको आरोप समेत लगाए ।
बर्तमान जनप्रतिनिधीहरु सबै ठेकेदार र दलाल भएको बताउदै एकिकृत जनक्रान्तिमा गोलबद्ध भएर लाग्न समेत नेता पुनले सबैलाई अग्रह गरे । उनले आफुहरु शान्तिको पक्षमा भएको बताउदै आपुहरुले गर्ने बिकासको कल्पना समेत दुरगामी दूरदर्शी भएको बताए ।
सोही कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्का, दलित मुक्तिमोर्चाका सेती महाकाली संयाेजक बिरु तिरुवा, अखिल क्रान्तिकारी का सेती संयाेजक लाेकेन्द्र सार्की, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती सिंह, सेती ब्युरो न्याय बिभाग प्रमुख अमर, ट्रेडयुनियन महासंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लाेकबहादुर पल्लिमगर, पुर्व जिल्ला इन्चार्ज लक्ष्मण खड्का , महिला संघ क्रान्तिकारी कि केन्द्रीय सदस्य सर्मिला थापा लगायतले संबाेधन गरेका थिए ।
कार्यक्रमपुर्व बाजागाजासहित हजारौं जनताको जुलुसले नगरपरिक्रमा गरेकोे थियोे । कार्यक्रममा सामना र स्थानीय कलाकारले अाफ्ना प्रस्तुति प्रदर्शन गरेका थिए भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सिद्धराज थापा लगाएत काङ्ग्रेसबाट समेत गरि दुई दर्जनले पार्टी प्रवेश गरेका छन् । पार्टी जिल्ला इन्चार्ज लक्ष्मण बुढाकाे अध्यक्षता र जिल्ला सचिव भरत मल्लको स्वागतमा सुरु गरिएको कार्यक्रम संचालन सामना परिवारकाअाराेह नेपालीले गरेका थिए ,।- शैलेन्द्र रोकाया

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु