प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीमाथि छलफल हुदै
काठमाडौं, १२ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध परेका उजुरीबारे अाज छलफल हुने भएकाे छ । प्रतिनिधिसभाकाे संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध ९ वटा उजुरी परेको छ । सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमाथि सुनवाइ सुरु भएसँगै उजुरीको आह्वान गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश जबरा मंसिर २७ गते संवैधानिक परिषद्बाट संसदीय सुनवाइका लागि सिफारिस भएका हुन् । न्यायाधीश जबरा प्रधानन्यायाधीश पदका लागि अनुपयुक्त लागेमा हिजोसम्म कार्यालय समयभित्र जो कोहीले पनि उजुरी दिन सक्ने व्यवस्था गरी उजुरी आह्वान गरिएको थियो । तिनै उजुरीबारे अाज सार्वजनिक जानकारी गराइनुका साथै समितिमा छलफल हुनेछ । उजुरीबारे जबरासँग जवाफ माग गर्न सकिनेछ । जवाफ चित्तबुझ्दाे नभएमा समितिले प्रधानन्यायाधीशका लागि अयाेग्य घाेषित गर्न सक्नेछ । तर प्रधानन्यायाधीशका लागि याेग्यता पुगेका अन्य न्यायाधीश तत्काल कायम नरहेकाेले जबरा अयाेग्य बनाइने सम्भावना न्युन छ । यसअघि संसदीय सुनवाइबाट न्यायाधीश दीपकराज जोशी प्रधानन्यायाधीशका लागि अगाेग्य घाेषित गरिएकाे थियाे ।