(नेकपा)मा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

२०७५ पुष १३ गते, शुक्रबार

काठमाडौं,१३ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको हो । बैठकमा अध्यक्षद्वयले सदस्यहरुले दिएका सुझाव राजनीतिक प्रतिवेदनमा समेट्ने आश्वासन दिएपछि पारित भएको हो । यसअघि हिजो बसेको बैठकमा अध्यक्षद्वको राजनीतिक प्रस्तावमा सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु