प्रस्तावित प्रधानन्यायाधीश राणाविरुद्ध परेका उजुरीमा सुनुवाई हुदै
काठमाडौं, १५ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध परेका उजुरीमा सुनुवाई हुँदैछ । प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध ९ वटा उजुरी परेको छ । आज बस्ने संसदीय सुनुवाई समितिले उजुरीमा सुनुवाई गर्ने छ । उनीविरुद्ध न्यायाधीशका लागि पनि योग्य नरहेको आरोपसहितका गम्भीर उजुरी परेका छन् । यसबारे आज दिउँसो २ बजेपछि बस्ने संसदीय सुनुवाईसमितिको बैठकमा औपचारिक छलफल हुनेछ । उजुरीका बारेमा समितिका सदस्यले सोध्ने छन् भने प्रस्तावित प्रधानन्यायाधीश राणाले जवाफ दिनुहुनेछ । राणालाई मंसिर २७ गते संवैधानिक परिषदले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो । यसअघि संसदीय सुनुवाई विशेष समितिले न्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेको थियो ।