‘नैतिकता हुनेले राजीनामा दिउन्; नहुनेहरू गलहत्याइयून्’

२०७५ पुष १९ गते, बिहीबार

काठमाडौँ, १९ पुस । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेपछि यसबारे तर्क-वितर्क र बहस सुरु भएकाे छ । सामाजिक सञ्जालका प्रयाेगकर्तादेखि राजनीतिक नेताहरुले धारणाहरु बनाउने क्रम जारी छ । वाइडबडी प्रकरणकाे छानविन गर्न गठित संसदीय लेखा समितिअन्तर्गतको उपसमितिले बुधबार बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव तथा दुई सचिव र वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतका अधिकारीहरुलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरेको छ ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा बाबुराम भट्टराईले बहालवाला मन्त्री रविन्द्र अधिकारीलगायतलाइ इंगित गर्दै नैतिकता भए राजीनामा दिन चुनाैती दिएका छन् । उनले भनेका छन्- ‘‘फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको !’ यो जनवादी गीत जस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि छोपिन्न ! सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो ! त्यसपछि त… ! नैतिकता हुनेले राजीनामा दिउन्; नहुनेहरू गलहत्याइयून् ! जो मर्जी !’

Baburam Bhattarai

@brb1954
‘फाटेको जालीले छेकेको,छेके पनि छर्लंगै देखेको’!यो जनवादी गीत जस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि छोपिन्न! सिधै निर्मातासंग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो!त्यसपछि त…!नैतिकता हुनेले राजीनामा दिउन्;नहुनेहरू गलहत्याइयून्!जो मर्जी!

500
8:13 AM – Jan 3, 2019
Twitter Ads info and privacy
153 people are talking about this
Twitter Ads info and privacy
उनले अाफ्नाे ट्विटरमार्फत १५ सय घुस खाने खरिदालाई पक्रेकाे खबर राष्ट्रिय मिडियामा छपाएर मक्ख पर्ने तर ठूला अर्बाै‌ भ्रष्टाचारबारे कानमा तेल हाल्ने अख्तियारकाे प्रवृत्तिप्रति पनि कटाक्ष गरेका छन् ।

Baburam Bhattarai

@brb1954
१५ सय घुस खाने खरिदालाई पक्रने अख्तियारको खबर राष्ट्रिय मिडियामा पढेर मक्ख पर्ने! तर ३३( वा ६३?) अर्बको एनसेल,७-९अर्बको बुढीगण्डकी,४-६अर्बको वाइडबडी,कति कति अर्बका पप्पूहरूको भ्रष्टाचारबारे चाहिं कानमा तेल हालेर बस्ने! वा कोठामा गनगन गर्ने! धन्य हाम्रो अख्तियार!धन्य हामी नेपाली!!

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु