रेशम चौधरी सांसदको शपथ लिदै

२०७५ पुष १९ गते, बिहीबार

काठमाडौँ, १९ पुस । हत्या मुद्दामा पूर्पक्षका लागि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेता रेशम चौधरीले आज पदको सपथ ग्रहण गर्ने भएका छन् । सिंहदरबारस्थित प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा आज उनलाई सपथ ग्रहण गराउने तय भएको हो । साढे ११ बजे शपथको कार्यक्रम रहे पनि विविध कारणले दिउँसो ३ बजेलाई सारिएको छ । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले चौधरी जेलबाट सीधै सिंहदरबार आउने र सभाुमखको सभाकक्षमा शपथ ग्रहण गर्ने जानकारी दिए ।
कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालक र एसएसपीसहित सात प्रहरीको हत्या भएको थियो । घटना भएको ३० महिनापछि फागुन १४ गते उनी कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । सपथका लागि चौधरीलाई प्रहरीले सिंहदरबार पुर्‍याउने छ भने सपथपछि फेरि कारागार लगिने छ । सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित हुने छैनन् । उनलाई निलम्बित सांसदको रुपमा रहनेछ छन् । उनीमाथिको मुद्धा पनि फिर्ता लिइने छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु