तत्कालीन माअाेवादी केन्द्रको सिङ्गो गाउँ कमिटी ने.क.पा.मा प्रवेश
काठमाडौं, २१ पुस । दाङकाे डुरुवामा तत्कालीन माअाेवादी केन्द्रकाे सिङ्गो गाउँ कमिटी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ । पूर्व माअाेवादी केन्द्र डुरुवा गाउँ कमिटीका अध्यक्ष शिव सुवेदीको नेतृत्वमा रहेको १५ सदस्यीय सिङ्गो गाउँ कमिटीका सदस्यहरु नेपाल कम्युनिस्ट पार्टी दाङमा प्रवेश गरेका छन् ।
जनयुद्धका उदेश्य र भावनालाई घात गर्दै प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको भन्दै उनीहरूले जनयुद्धको उदेश्यलाई पूरा गर्न एकीकृत जनक्रान्तिमा प्रतिबद्ध हुने वाचा गर्दै नेपाल कम्युनिस्ट पार्टीमा अाएको बताएका छन् । त्यस्तै तत्कालीन माअाेवादी केन्द्र ४ नम्बर क्षेत्रका वाइसीएल इन्चार्ज तुलसी चाैधरी पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । अाज एक कार्यक्रमबिच पार्टीमा धुब्रिकृत भएर अाउनेहरुलाई स्वागत तथा सम्मान गरिएको ने.क.पा. दाङले जनाएको छ ।