झुठ्ठा मुद्दा नलगाउन चेतावनी
काठमाडौं, २४ पुस । नेपाल कम्युनिस्ट पार्टी भेरी ब्युरोले अाफ्ना कार्यकर्तालाई प्रहरीले विना कारण गिरफ्तार गरेर झुठ्ठा मुद्दा लगाउन खाेजेकाेप्रति घाेर भत्सर्ना गर्दै रिहाइ गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी भेरी ब्युरोका इन्चार्ज सितलले एक विज्ञप्ति जारी गरि हिजो पार्टीका सुर्खेत जिल्ला सदस्य गाेविन्द याेगी र जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला अध्यक्ष कमल सिंह बुढा र डाेल्पा जिल्ला सदस्य तथा युवा संगठनका जिल्ला संयाेजक भरत पहाडीलाई राजनैतिक पूर्वाग्रहका कारण केही व्यक्तिको उक्साहटमा अाइतबार सुर्खेतको विरेन्द्रनगर र डाेल्पाबाट विना कारण गिरफ्तार गरि झुठ्ठा मुद्दा लगाउने दुस्साहसप्रति घाेर भत्र्सना गर्दै तुरुन्त रिहा गर्न जाेडदार माग गर्नुभएको छ । पार्टीले सञ्चालन गरिरहेकाे संगठन सुदृढ तथा विस्तार अभियानबाट जनताकाे बढ्दाे अाकर्षणबाट अत्तालिएर राज्यले अाफ्नाे पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार दमन सुरु गरेको भन्दै गिरफ्तार कार्यकर्ताकाे रिहा नगरे चरणबद्ध संघर्षका कार्यक्रम अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ ।