‘न्यायसंगत काम नगरेकाले जोशीलाई हटाउनुपरेको हाे’

२०७५ पुष २८ गते, शनिबार

काठमाडौं, २८ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको दोहोर्याएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रममा शुक्रबार प्रधानन्यायाधीश जबराले न्यायको मन्दिरमा न्यायसंगत काम नभएकाले जोशीलाई हटाउनुपरेको स्पष्टीकरण दिएका हुन् हो । जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेर मात्रै न्यायालयलाई न्यायको मन्दिर बन्ने हुँदा निकै अप्ठ्यारो गरेर भए पनि हटाउन बाध्य भएको प्रधानन्यायाधीश जबराको भनाइ थियो ।
यसैबीच ,नेपाल बार एशोसियसनले भने प्रधानन्यायाधीशको निर्णय गलत भएको तर्क गरेको छ । बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाला न्यायाधीश जोशीलाई जिम्मेवारी नदिएर गलत नजिर स्थापित गरेको भन्दै आपत्ति जनाएका छन । प्रधानन्यायाधीश जोशीले निर्णय नसच्याए काम गरेको भन्दै तत्काल सच्याउन प्रधानन्यायाधिश जबरासँग माग गरे ।
यता, सरकारले भने बारले न्याय परिषदको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाएको छ । अदालतका न्यायाधीशलाई इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशलाई भएकाले विवाद र प्रश्न उठाउनु उचित नहुने कानून मन्त्री भानुभक्त ढकालको तर्क छ । न्याय परिषदले केही दिन अघि मात्रै वरिष्ठ न्यायाधीश जोशीलाई सम्पूर्ण अधिकारमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु