तुलसीपुर उपमहानगरपालिका प्लाष्टिक झोलामुक्त
काठमाडौं, १ माघ । आजबाट दाङको तुलसीपुर उपमहानगरपालिकालाई प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर वनाउनका लागि प्लाष्टिक झोलामुक्त घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले वताए । “प्लाष्टिकले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भिर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो ” उनले वताए । उनले २० माइक्रोन भन्दा कम तौल भएको प्लाष्टिकको झोला पहिलो चरणमा वन्देज लगाइएको समेत वताए । “प्लाष्टिकका गीलास, थाल, प्लेट र कचौरा समेतमा वन्देज लगाइएको छ ” पाण्डेले भने । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न लागि उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको वताउँदै नगरप्रमुख पाण्डेले प्लाष्टिक झोलामुक्त अभियान पनि त्यसैको निरन्तरता भएको वताए ।