भारतीय प्रहरीले बर्दि र हतियारसहित नेपाली भुभागमा बिना हेलमेट बाईक कुदाए !
काठमाडौं , ९ माघ । विरगंजमा भारतीय प्रहरी बर्दि र हतियारसहित नेपाली भुभागमा बिना हेलमेट बाईक कुदाइरहेको भेटिएको छ। भारतीय नम्बर प्लेटका सवारी साधान नेपाल भित्रीँदा अनिवार्य रुपमा पुर्जी लिनु पर्छ तर यी भारतीय प्रहरीसँग न इन्ट्री पुर्जी थियो । न सवारी चालक अनुशासन नै पालन गरेका थिए । नेपालमा मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्य लगाउनु पर्ने र र्बोडरमा उनले इन्ट्री पुर्जी लिनु पर्ने थाहा भएर पनि हेलचक्याँई गरे । तर उनले आँफु विरगंजमा मिटिङ भएर आएको र हतार हतारमा लगाउन बिर्सिएको बताए । नेपाल प्रहरीका अनुसार सोमबार दुई देशका प्रहरीबीच कुनै औपचारीक मिटिङ थिएन । उनले र्बोडरबाट विरगंज सम्म आउनका लागि नेपालका ९ वटा चेकिङ छल्दै आएका थिए । तर नेपाल सरकारका कुनै पनि निकायले उनलाई रोकेर उनको इन्ट्री पुर्जी र हेल्मेट चेक गरेनन् । यसबाट स्पष्ट हुन्छ सिमामा कति सम्म लापरवाही हुन्छ भनेर ।