‘दालाल सरकारको सातो गएको छ ‘

२०७५ माघ १२ गते, शनिबार

काठमाडौं , १२ माघ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पुर्वी क्षेत्रमा शुरु गरेको अभियान २ आज दोस्रो दिन पनि जारी रहेको छ । कालिकोटको भर्ता छाती रहेको जनता आधारभुत बिद्यालयमा जनसभा गरि सम्पन्न गरेको छ । अर्जुन बिश्क्रर्माका अध्यक्षता, अभियान टोलिका कमाण्डर आर्जन को प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी रणदिप एडिको बिषेश आतिथ्यतामा सम्पन भएको हो । सभामा बोल्र्दै अभियान टोलिका कमाण्डर आर्जनको अभियानको शुरुमै दालाल सरकारको सातो गएको र जनतामा ठुलो आशा पलाएको भन्दै अभियानको अन्तिम चरणमा सरकार अस्तित्व रक्षार संकटमा पुग्ने दाबी गरे । उक्त जनसभाले तपेन्द्र बिश्वक्रर्माको अध्यक्षतामा २१ सदस्यीय युवा कमिटि पनि गठन गरेको नेकपाले जनाएको छ । सभामा कमान ईन्चार्ज रमेश चदारा, शुनिल बिश्वक्रर्मा र शिक्षक संघ कर्णाली ब्यूरो संयोजक निर्भिकको लगायत नेता तथा कार्यक्रताको उपस्थिती रहेको बताईएको छ । -कर्ण बिश्वक्रर्मा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु