प्रधानमन्त्री ओलीको पुत्लादहन

२०७५ माघ १५ गते, मंगलवार

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध चर्काे नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो । लाठीचार्जबाट केही विद्यार्थीहरु घाइते भएका जनाइएको छ । आज बालुवाटारमा प्रदर्शन गर्नेक्रममा पक्राउ परेका नेविसंघका कार्यकर्तालाई छाड्न माग गर्दै दिउँसो प्रदर्शन गरिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु