अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन

२०७५ माघ २३ गते, बुधबार

काठमाडौं , २३ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अर्ब रुपैयाँ आयकर छली गरेको एनसेलविरुद्ध विरोध प्रदर्शन गरेको छ । बाँकेको कोहलपुरमा पार्टीको युवा संगठन र विद्यार्थी संगठन अखिल क्रान्तकारीले संयुक्त रुपमा विरोध र्याली निकालेर कोणसभा गरेको छ । कोणसभामा बोल्ने वक्ताहरुले सरकारले बिनाकारण आफ्नो संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई गिरफ्तार गरी झुठा मुद्दा चलाउन खोजेको भन्दै विरोध गरिएको छ भने अर्बौं रुपैयाँ आयकर छल्दै आइरहेको एनसेललाई राज्यलाई तत्काल कर चुक्त तिर्न आह्वान गरिएको छ ।
अखिल क्रान्तिकारी भेरी व्युरो तथा युवा संगठन नेपाल भेरी व्युरोले सयुक्त सम्पन्न गरेको र्यालीपछिको कोणसभा बोल्ने सबैजसो वक्ताहरुले सरकारको दमन र धरपकडको भत्सर्ना गरेका छन् ।
कोण सभालाई अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा भेरी व्युरो संयोजक पुष्पराज न्यौपाने र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा भेरी व्यरो संयोजक बिष्णु जिसीले गिरफ्तार विद्यार्थी नेता विरेन्द्र विकलाई बिनासर्त तुरुन्त रिहा गर्न सरकारसँग माग गरे । मागको सुनुवाई नभई कडा आन्दोलन घोषणा गर्ने र यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकारनै हुनुपर्ने चेतावनी उदनीहरुले दिएकाछन् ।
त्यस्तै कर छलेर नागरिकमा लुट मच्चाएको भन्दै एनसेललाई सबै कर तत्काल राज्यलाई तिरेर नीतिनियमभित्र रहन आग्रह गरे । भने ‘नम्र स्वरले कर तिर्न भनिरहेका छौं, सुन्ने काम भएन भने परिणाम यसै भन्न सकिन्न, यो कुरा एनसेललका मालिककहाँ पुर्याइयोस् ।’ विरोध र्यालीमा सयौं विद्यार्थी र युवाहरुले भाग लिएका थिए । उनीहरुले जनविरोधी र राज्यअपराध गर्नेलाई कुनै हालतमा छाड्न नहुने भन्दै माग सुनुवाई नभएसम्म विरोध जारी राख्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु