एउटै गाडीको मुल्य मन्त्रालय अनुसार फरक !

२०७५ माघ २६ गते, शनिबार

काठमाडौं,२६ माघ । सार्वजनिक लेखा समितिले प्रदेश सरकारले खरिद गरेका गाडीमा घोटाला भएको पुष्टि गरेको छ । गाडी झन्डै ५७ लाख रुपैयाँ अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको हो । प्रदेश ५ प्रदेश सभाको लागि खरिद गरिएका एउटै कम्पनीका गाडीको मुल्य फरक फरक देखाएको छ । खरिद उस्तै गाडीको मूल्य प्रदेश सभालार्इ ७१ लाख ९५ हजार छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सोही गाडीलाई ७२ लाख ९९ हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ७२ लाख ४२ हजारमा खरिद गरिएको उल्लेख छ । मन्त्रालयहरुले खरिद गरेका सवारी साधनमा लेखा समितिले उपभोक्ता मूल्य भन्दा धेरै तिरेर गाडी किनेको र बढी रकम प्रदेशसभा सञ्चित कोषमा
प्रदेश सभाको लागि किनीएका गाडीका लेखा समितिमार्फत् छानबिन सुरु गराएको थियो । ११ वटा प्रदेश सभा र ४ वटा मन्त्रालयका टाटा स्ट्रोम गाडी खरिदमा अनिमितता आशंका भएपछि सार्वजनिक लेखा समिमिले छानबिन सुरु गरेको थियो ।
गत माघ ६ गतेको लेखा समितिको बैठकमा पेश भएको प्रतिवेदनमा विभिन्न किसिमका प्रश्न उठाइएपछि अनुसन्धानका लागि विस्तारित उपसमितिले १५ दिन भन्दा पनि बढी लगाएर गरेको अध्ययन रिपोर्ट बैठकमा पेश भएको र त्यसमा छलफल भएको हो । समितिले उपभोक्ता मूल्य ६८ लाख ५५ हजारभन्दा बढी मूल्य नतिर्न पनि निर्देशन दिएको छ । समितिले तयार पारेकोे प्रतिवेदन प्रदेश सभालाई यही माघ २९ गते मंगलवार दिन बुझाइने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु