अभियान टोलीका ६ जना नेता गिरफ्तार
काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका १५ दहनबाट ६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अग्रीम, मिन, अमृत, रितु, गौरव र रामकृष्ण रहेका छन् । हिजो अन्तरक्रिया गरिरहेको बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको नेकपा श्रोतले जनाएको छ । आफना शान्तिपूर्ण राजनैतिक भेलासम्मेलन र जनभेटघाट गरिरहेको अवस्थामा सरकारले विनाकारण आफना नेताकार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाले बिनाशर्त रिहाईको माग पनि गरेको छ । नेकपाले अहिले देशभरी नै संगठन सुदृढिकरण तथा विस्तार अभियान चलाईरहेको छ । उक्त अभियानमा आफ्नो पार्टीप्रति जनताको आकर्षण बढिरहेकोले त्यसलाई रोक्न सरकार दमन अभियानमा उत्रन लागेकोे नेकपाका नेताकार्यकर्ताहरुको भनाई छ ।