बुद्धिजिवि संगठनद्वारा सरकारको ध्यान आकृष्ट
काठमाडौं, ४ माघ । नेपाल राष्ट्रिय बुद्धिजिवि संगठनका कार्यबाहक अध्यक्ष रामेश्वर विक्रम थापा (विक्रम) ले १२ बुदे माग राख्दै सरकारको ध्यान आकृष्ट गराएका छन । कार्यबाहक अध्यक्ष रामेश्वर विक्रम थापा (विक्रम) ले जारी गरेको अपिल यस प्रकार रहेको छ – “आजको विश्वयापी नव जागरण वैज्ञानिक युगमा नेपालमा पटक पटक जनताको जन अधिकार प्राप्त गर्ने सन्दर्भमा संसदीय प्रजातन्त्र, जन आन्दोलन, जनयुद्ध र संघिय लोकतान्त्रिक गणतन्त्रको नाममा आन्दोलन भयो । स्वाभिमानी नेपाली जनताहरुले आफ्नो ठाउँवाट भरपुर सहयोग संगठन र वलिदान समेत दिन चुकेनन । यो जनमानसमा विधितै छ । आज आएर कथित संविधान निर्माण गरी जनताको जनमतलाई धनको खोला बगाएर निर्वाचन प्रकृयाद्वारा २ तिहाई पाएको कम्यूनिष्ट सरकार भएता पनि दलाल संसदिय व्यवस्थाले जनताको माग वमोजिम नेपाली जनताको शिक्षा, स्वास्थ्य, खाद्ध र सुरक्षा जस्ता अति महत्वपुर्ण क्षेत्रमा संवेदनशिल नभै जनताको हरक्रियात्मक विधिहरुमा, रचनात्मक विधिहरुमा घात प्रतिघात गरेका छन् । जसको ज्वलन्त उदाहरण, भ्रष्टचार, व्यविचार, अन्याय अत्याचार, हत्या हिंसा र वलत्कार रहेको छ । यो भ्रष्ट सरकार जनमुखि कार्य सम्पादन हामीले गर्दछौं । अन्य दलहरुको हैसियत छैन भन्ने दम्भका साथ आडम्बर दिन्छ । आज ३ करोड नेपाली जनता विज्ञ छन् की यिनिहरुका मन्त्रीहरु सचिवहरु कुन हदसम्म भ्रष्टाचार गर्छन? यसको ज्यलन्त उदाहरण घरजग्गा कर, भु माफिया, विचौलिया, ठेक्का पट्टा साथै दलाल र तस्करहरुको विगविगिले के नेपाली जनतालाई राहत भएको छ ? नेपालका विद्यालयमा नेपाली भाषाको प्रयोग गर्दा जरिवाना गर्ने राष्ट्रघाती कदम अँग्रेजि मिडियमका नाममा गरिएको छ । अँग्रेजी भाषा प्रयोग गर्नुलाई गुणस्तर सँग जोडेर समग्र शिक्षा प्रणलीलाई नै दुषित पारेको छन कि छैनन् ? उद्योग मनोमानी ढँगले संचालित छन् । दक्ष प्राविधिकमा भारतीय मुलका नागरिकको नै वर्चस्व छ । जवकि देशभित्रका नेपाली श्रमिकलाई दक्ष वनाएर मौका दिने प्रयास समेत गरिएको छैन । नेपालीलाई सकेसम्म साधारण श्रमिकको रुपमा मात्र प्रयोग गरेर त्यसमा पनि श्रमशोषण गरिएको छ । सरकारी कार्यालयहरु काजकाजिका मात्र छन्, भ्रष्ट छन् , भद्दा छन्, कर्तव्य विहिन छन् । सामन्तवादी नोकरसाही प्रविधिको दलाल चरित्रको नै मनस्थिति देखिन्छ । नेपाल राष्ट्रिय वुद्धिजिवि संगठन जनताका यी मागहरु प्रति गम्भिर भएर दलाल सरकारको ध्यान आकृष्ट गर्न चाहन्छ ।
१. कालिकोटको खाडागाउँमा आगलागी भएको घटनामा क्षत विक्षत घर, धन, जनप्रति नागरिकको वांच्न पाउने अधिकारको लागि गाँस, वाँस र कपासको व्यवस्था गर्नु पर्दछ ।
२. वाइडवढी घोटलाको दोषीमाथि तुरुन्त कारवाही गरियोस् ।
३. उत्तर साम्राज्यवादी द्वारा यो देशको राष्ट्रिय अस्मिता माथि गरिएको हस्तक्षप बन्द गरियोस् ।
४. वलत्कारीलाई हदै सम्मको कारवाही गरियोस् ।
५. भ्रष्ट कर्मचारीलाई भविस्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी निस्काशन , भ्रष्ट गरेको रकम अशुली श्रमशिविरमा राखि कडा श्रम गर्न वाद्ध गरियोस् ।
६. एकै प्रकारको शिक्षा नीति र निशुल्क शिक्षा नीति लागु गरियोस् ।
७. आम नागरिकलाई आधारभुत स्वास्थ्यको सुनिश्चित गरियोस् ।
८. युवाहरुलाई रोजगारीको प्रवन्ध गरियोस् ।
९. वड्दो महङ्गी नियन्त्रण गरियोस् ।
१०. अत्याधिक मात्रामा बढाइएको करलाई घटाई जनताको लागि सहज वनाइयोस् ।
११. चलिवेटीहरु निर्वाद रुपमा हिंडडुल गर्न सक्ने वातावरण सृजना गरियोस् ताकि व्वासाहरुको लुछाइमा कोही नपरुन् ।
१२. नेताहरुको सम्पती शुद्धिकरण गरियोस । रातारात करोडपति बन्ने जादुमय भ्रष्ट रानीतिको अन्त्य गरियोस ् ।
अतः राष्ट्रियता सन्दर्भमा कति संवेदनशिल छौ ? हिजो अमरसिंह थापा, भक्ति थापा र बलभद्र कुंवर जस्ता देशभक्त सपुतहरुले वगाएको रगतमा संरक्षित लिपुलेकको के खवर छ ? देशका सिमा स्तम्भको विषयमा कथित सरकार कतिको संवेदनशिल छ?”.