डा. केसीद्वारा पुन: अनशन बस्ने चेतावनी
काठमाडौँ, ८ फागुन । डा. गोविद केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन । आज एक विज्ञप्ति मार्फत गर्दै तिनबुदे माग अघि सार्दै केसीले पुनः अनशन बस्ने चेतावनी दिएका हुन् । चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए पुनः अनशन बस्ने चेतावनी दिएका हुन् ।
जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजेको भन्दै डा. केसीले आफ्नो माग सम्बोधन नभए पुन अनशन बस्ने चेतवनी दिएका हुन् । नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य नभएको बताउँदै केसीले भ्रष्टाचारको आरोप लागेका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाई कानुनी कठघरामा ल्याइ कारबाही गर्न माग गरेका छन ।