नेता भरतमोहनको स्वास्थ्य अवस्था चिन्ताजनक

२०७५ फाल्गुन १७ गते, शुक्रबार

काठमाडौं, १७ फागुन । कम्युनिष्टका अग्रज नेता भरतमोहन अधिकारीको स्वास्थ्य चिन्ताजनक भएको छ । अहिले उनी अचेत अवस्थमा रहेको र उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको नेकपाका एक केन्द्रीय सदस्यले बताएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता अधिकारीको गत पुसबाटै नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भईरहेको थियो । तर उनको उपचारमा लापरवाही भएको भन्दै धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गराइ उपचार भइरहेको छ । उनलाइ डा. भगवान कोइराला, अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सकहरुको टोलीले उपचार गरिरहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]