प्रधानमन्त्री ओली अस्पताल भर्ना

२०७५ फाल्गुन २२ गते, बुधबार

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन । प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको हो । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहका अनुसार यस वर्ष प्रधानमन्त्रीको नियमित जाँच गर्नै पर्ने भएपनि व्यस्तताले बाहिर जान नसकिएको हो । प्रधानमन्त्री ओलीको शरीरको पूरै स्वास्थ्य जाँच गरेरमात्र अस्पतालबाट पठाइने पनि डा. सिंहले जानकारी दिइन । डा. अर्यालले स्वास्थ्य जाँचका लागि अस्पताल आएपनि कति समय बस्नुपर्ने भन्नेचाँहि यकिन भैनसकेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु