रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

२०७५ फाल्गुन २२ गते, बुधबार

काठमाडौं , २२ फागुन । जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलासले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ । जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।
त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ । जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले रिहा हुने भएका छन् । लक्ष्मणसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् । घटनाका मुख्य अभियुक्त भनिएका सांसद चौधरी हाल राजधानीको डिल्लीबजार कारागारमा थुनामा छन् ।

प्रतिक्रियाहरु

[anycomment]