किसान महासंघका अध्यक्ष कार्कीलाई तत्काल रिहा गर्न माग
काठमाडाैं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टिले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई तत्काल रिहा गर्न माग गरेकेा छ । नेकपा जनवर्गीय संगठन प्रमुख जीवन्तले बुधवार विज्ञप्ति निकाल्दै पार्टि निकट किसान महासंघका अध्यक्षा कार्कीकाे गिरफ्तारीकाे बिराेध गर्प्रदै तत्तिकाल रिहाइकाे माग गरेका हुन् । नेता जीवन्तले बर्तमान सरकारले नागरिकले स्वतन्त्रतापूर्वक हिड्ने र राजनैतिक गतिविधि गर्न पाउने नैसर्गिक अधिकार माथिको प्रतिबन्ध लगाएकाे टिप्पणी गरेका छन् । उनले कार्कीकाे अबिलम्ब रिहाई माग गरेका छन् । संयाेजक कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको आफ्नै डेरा कोठाबाट प्रहरीले गिरफ्तार गरेको थियाे । उनलाई बिनाकारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले बताएकाे छ ।