अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा प्रहरी हस्तक्षेप

२०७५ फाल्गुन २४ गते, शुक्रबार

काठमाडौं, २४ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले उक्त कार्यक्रममा हस्तक्षेप गरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उत्तम, अखिल नेपाल किसान महासंघ क्रान्तिकारी नवीन बिष्टलगायत ६ जनालाई गिरफ्तार गरेको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिले रत्नपार्क शान्त्विाटिकामा शुक्रबार मध्याह्न आयोजना गरेको १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अतिथिका रुपमा सहभागी हुँदै गर्दा प्रहरीले नेकपाका नेता उत्तम, नवीन बिष्टलगायतलाई गिरफ्तार गरेको हो । सरकारले संविधानप्रदत्त खुला कार्यक्रम गर्न र सहभागी हुन पाउने अधिकारबाट समेत नागरिकलाई वञ्चित गरेको भन्दै नेकपाले विरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु