सरकार र सिके राउतबीच ११ बुँदे सहमति

२०७५ फाल्गुन २४ गते, शुक्रबार

काठमाडौं, २४ फागुन । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित विशेष घोषणा सभा कार्यक्रममा दुई पक्षबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भयो ।
सहमति पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका छन्।
सहमतिपत्रमा सिके राउत स्वतन्त्र मधेसको पृथकवादी गतिविधि छाडेर मुलधारको राजनीतिमा फर्किने र सरकारले सिके राउतले गर्दै आएको गतिविधिलाई शान्तिपूर्णरुपमा सञ्चालनमा अवरोध नगर्ने उल्लेख छ ।
सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । तराइ मधेसमा देखिएका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने सहमति पनि भएको छ ।
त्यस्तै स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले यसअघि प्रचार प्रसारका क्रममा बाँडेका किताब, प्रचार र झण्डालाई भविष्यमा कारबाहीको विषय नबनाउने र आगामी दिनमा यस्ता प्रचार सामग्री वितरण नगर्ने पनि सहमति भएको छ ।
हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति र एक जनालालाई रोजगारी दिने तथा स्वतन्त्र मधेस गठबन्धनको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने सहमति भएको छ । सहमतीपछि स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतले सरकार र आफूबीच भएको ११ बुँदे सहमति ऐतिहासिक भएको प्रतिकृया दिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु