ने.क.पा.का जिल्ला सदस्य पक्राउ
काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य प्रकाश शाहीलाई आज बिहान उनको घरबाट गिरफ्तार गरिएको जनाएको छ । उनलाई घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखिएको समाचारमा जनाइएको छ l त्यसै गरी ने.क.पा.को सहायक संगठन युवा संगठन नेपालका गण्डक ब्युरो सदस्य एबम लम्जुंग जिल्ला अध्यक्ष जगत गुरुङलाई प्रहरीले गएको शनिबार गिरफ्तार गरेको समाचार छ ल यसैबिच नेपाल कम्युनिष्ट पार्टी तनहुँका इन्चार्ज उभारले आजै एक प्रेस बिज्ञप्ति जारी गरी उक्त गिरफ्तारीको बिरोध गरेका छन् l उनले आफ्नो बिज्ञप्तिमा फांसीवादी शैलीको गिरफ्तारीप्रति आपत्ति प्रकट गर्दै अबिलम्ब रिहाइको माग गरेका छन् । उनले यही फागुन ३० गते पार्टीले आयोजना गरेको नेपाल बन्दलाई सहयोग र समर्थन गरि दिन पनि आम जनसमुदाय, ब्यबसायी, उद्योगी सबैसंग आव्हान पनि गरेका छन् ।
यता नेपाल कम्युनिस्टपार्टी हुम्लाका जनसरकार प्रमुख कुम्म बुढासहित २ जना गिरफ्तार परेको खबर छ । प्रहरीले हुम्ला स्थित सर्केगार्ड गाँउपालिकामा अभियनकर्मीलाई गिर्फतार गर्नुका साथै हतियारसहित सर्च अभियान चलाएकाे छ भने अभियानकर्मिहरुकाे झाेला झन्डा ब्यानर सबै खासेर लगेकाे छ ।