नेप्से परिसुचक २०.३३ अंकले वृद्धि
काठमाडौं, २८ फागुन । नेप्से सूचक २०.३३ अंकले बढेर ११६३.२६ विन्दुमा आइपुगेको छ । बजार १.७८५ ले माथि लागेको हो । पछिल्लो वृद्धिले नेप्से ६३ अंकले नै माथि लागेको देखिन्छ । किन भने यसअघि सूचक ११ सय अंकसम्म झरेको थियो । १७६ कम्पनीको ५२ करोड ६६ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । १९ लाख ४९ लाख ९८४ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका ११ वटै समूहका सूचक माथि लागेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ७७.१७ अंकले बढेको छ । बैंकिङ समूहको सूचक पनि २२.२८ अंकले बढेको छ ।
कारोबार रकममा एनसीसी बैंकले अग्रता लिएको छ । एनसीसीको ३ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः माछापुच्छ्रे बैंक र प्रभु बैंक परेका छन् ।