बन्दले पूर्वमा जनजीवन प्रभावित

२०७५ फाल्गुन ३० गते, बिहीबार

काठमाडौं, ३० फागुन । सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पूर्वका जिल्लाहरुमा पनि परेको छ ।
पूर्वका पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी धनकुट, लगायतका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको छ । आज बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् भने कलकारखाना र शिक्षणसंस्था बन्द छन् ।
उता झापाका अधिकांश विद्यालय बन्द रहेका छन् । नेपाल बन्दको पुर्वसन्ध्यामा नेकपाका नेता कार्यकर्ताले सुरक्षा चुनौतिका बाबजुद पनि झापाको विभिन्न क्षेत्र नगरपालिकामा जनयुद्धको झल्को दिनेगरि राँके जुलुस र नाराबाजी गरेका थिए। नाराबाजीमा नेकपा कार्यकर्ताले जनयुद्ध जारी छ ,एकीकृत जनक्रान्ति जिन्दावाद ,केपि ओलि मुर्दावाद ,जस्ता नारावाजी गरेका थिए।
उच्च सुरक्षा चुनौतिका बाबजुद पनि विप्लव ने.क.पा. का कार्यकर्ताले जनयुद्धको झल्को दिनेगरि बिहिवार साझ नाराबाजी र राँकेजुलुस प्रदर्शनी गरेका थिए ।
सरकारले ने.क.पा. माथि प्रतिबन्द लगाएको भोलीपल्ट नै साझ मसाल जुलुस बालेका थिउ । आजको बन्दमा नेपाल प्रहरीले नै झापामा सवारीसाधन चलाउन रोक लगाएको पाइएको छ।
सुरक्षा चुनौतिलाई मध्य नजर गर्दै झापाका सडकमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ भने सादा पोसाकका प्रहरी पनि परिचालित रहेको जनाएको छ ।-प्रविण अधिकारी

प्रतिक्रियाहरु

[anycomment]