‘दमन गर्नेलाई बीसाैं वर्षसम्म पनि छाेडिदैन’

२०७५ चैत्र ६ गते, बुधबार

काठमाडौँ , ६ चैत । नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो कार्यलयको तर्फबाट एक बिज्ञप्ति जारी गर्दै दमन गर्ने इलाम जिल्लाका प्रजिअ र एसपिले आफ्नो दमनकारी गतिबिधी नबदले बिसौं बर्स पछि भएपनि नछोड्ने चेतावनी दिएको छ ।
आफ्नो पार्टिले संचालन गरेको संगठन सुदृढ तथा बिस्तार अभियानकै क्रममा जनताहरु संग छलफल, अन्तर्कृया, र भेटघाट गरिरंहदा दक्षिणी इलामको चुलाचुलि गांउपालिका वार्ड नं. ६ स्थिती फुंङ्नाम गांउमा हतियार धारी प्रहरी हरु आइ जनतालाइ अनावश्यक रुपमा धम्की त्रास श्रीजना गरि जनताको कन्चटमा पेस्तोल ताक्ने काम गर्नुका साथै महिला हरु माथी अपसब्द र गालिगलौज गरि अभियान्ताहरुले पार्किङ गरेर राखेको मे ७ प ६१० नम्बरको होण्डा साइन, को ४ प ७२३ नम्बरको बजाज पल्सर, र को ८ प १४५६ नम्बर को यामाहा बाइक लुटपाट गरि लगेपछि नेकपा मेची ब्युरो आक्रोशित बनेको हो ।
मेची ब्युरो कार्यलयको तर्फबाट नेकपा मेची ब्युरो कार्यलय सदस्य तारा द्वारा जारी बिग्यप्तीमा भनिएको छ उक्त लुटेरा समुहलाइ त्यसरी लुटपाट मच्चाउन आदेश दिने प्रजिअ र प्रहरी प्रमुखको हर्कतको निन्दा र भत्सर्ना गर्दै लुटपाट गरिएका सवारी साधन तुरुन्त फिर्ता गर्न माग गरिएको छ । साथै यसरीनै प्रहरिहरु जनताहरुमाथी आइ लाग्ने हो भने जनताको तर्फबाट गतिलो प्रतिरोध गरेर जवाफ दिने चेतावनी दिइएको छ । – सुमन श्रेष्ठ

प्रतिक्रियाहरु

[anycomment]