नेता सुदर्शनलाई ८ दिनको म्याद

२०७५ चैत्र १० गते, आईतवार

काठमाडौं, १० चैत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनसहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आज सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको हो । सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारीसहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ । सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपामा केन्द्रीय सदस्य विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]