ने.क.पा.का काेशी व्युराे संयाेजक श्रेष्ठ पक्राउ

२०७५ चैत्र ११ गते, सोमबार

काठमाडौँ, ११ चैत । नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक पुष्करलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रको कानेपोखरी गाउँपालीकाको वयरवनबाट पक्राउ गरेको बुझिएको छ । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने सम्भावना छ । सरकारले प्रतिबन्ध लगाएसँगै नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ। शुक्रबार राति काभ्रेबाट नेकपाका स्थाई समिति सदस्य एवं मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ । राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सो पार्टीका गतिविधिको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]