मोरङ ईन्चार्ज श्रेष्ठलाई तत्काल रिहा गर्न माग
काठमाडौं, १४ चैत । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई तत्काल रिहा गर्न माग गरेको छ । नेकपा पूर्वी कमाण्डले श्रेष्ठलाई झुठा मुद्धामा फसाउने सड्यन्त्र गरेको भन्दै बिरोध गरेको हो ।
पूर्वी कमाण्ड ईन्चार्ज विरहीले बिज्ञप्ति जारी गरेर बिनाकारण ‘सामाजिक दलाल फासीवादी सरकार’को निर्देशनमा प्रहरी प्रशासनले पार्टीका जिल्ला ईन्चार्ज श्रेष्ठलाई गिरफ्तार गरेर श्रेष्ठलाई झुठा मुद्धामा फसाउन खोजेको भन्दै निन्दा गरेका छन् ।
श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचामा हिडिरेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो । श्रेष्ठलाई हातहतियार तथा खरखजना सम्बिन्धि मुद्धा लगाएर फसाउन खोजिएको भन्दै ईन्चार्ज विरहीले बिरोध गरेका छन् ।
राष्ट्रियता र जनताको पूर्ण अधिकारको लागि राजनीतिक आन्दोलन चलाइरहेको अवस्थामा पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ता र समर्थकमाथि दमन र धरकपड मच्चाएको भन्दै कमाण्डले विरोध गरेको छ ।
ईन्चार्ज विरहीद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध र नेता कार्यकर्ताको गिरफ्तार फासिवादको ‘भद्दा नमूना’ हो, यसबाट “केपी–बादल कम्पनीले सामाजिक दलाल पूँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुन्दैछ” भन्ने कुरा पुष्टि भएको छ ।’
गिरफ्तार सबैलाई तत्काल बिनासर्त रिहा नगरिए जनप्रतिरोधमार्फत संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सरकार नै हुने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘‘गिरफ्तार परेका कमरेडहरुलाई तुरुन्त रिहा नगरिए जनप्रतिरोधमार्फत कडा कदम चाल्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी पनि सम्बन्धित पक्ष नै हुनेछ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
गिरफ्तार श्रेष्ठलाई धरानस्थित प्रहरी हरिासतमा राखएिको छ । उनलाई यसअघि गत फागुन १५ गते पानमाराबाट गिरफ्तार नेपाल कम्युनिस्ट पार्टीका मोरङ–धनकुटा ईन्चार्ज एवं कोशी ब्यूरो सदस्य देवकुमार लिम्बू ‘संगीत’सँगको मुद्धालाई जोडेर हात हतियार तथा खरखजना अभियोगमा लगाईएको बताईएको छ । उनलाइ पनि धरानमा नै राखिएकाे छ ।
ईन्चार्ज लिम्बु गिरफ्तार परेपछि पक्राउ परेका नेकपाका नेता कार्यकर्ता सबैलाई सोहि अभियोग लगाईएको छ । श्रेष्ठलाई पनि उक्त मुद्धामा नै फसाउने सड्यन्त्र भएको भन्दै नेकपा पूर्वी कमाण्डले बिरोध गरेको हो ।
दसवर्षे जनयुद्धका बेला जनमुक्ति सेनामा काम गरेका श्रेष्ठले सोहिबेला देखि सन्चार क्षेत्रको पनि जिम्मेवारी सम्हालेका उनले तत्कालिन नेकपा माओवादीले सन्चालन गरेको भूमिगत रेडियोमा कुशलतापूर्वक जिम्मेवारी सम्हालेका थिए । शान्ति प्रक्रियाको दशकभर पत्रकारिता गरेर केही अघि मात्र फेरि पार्टीको जिल्ला नेतृत्व सम्हाल्न गएका श्रेष्ठ माओवादीको युवापंक्तिभित्र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । शान्ति प्रक्रिया अघि बढेसँगै काठमाडौं आएका प्रज्वलले केही समय रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रममा आबद्ध भएर समेत काम गरेका थिए ।
राजधानीस्थित ‘रेडियो मिर्मिरे’ का पूर्वअध्यक्ष समेत रहेका प्रज्वल ‘रेडियो मिर्मिरे’ को स्थापनाकालदेखि नै त्यसमा निरन्तर कार्यरत थिए ।उक्त रेडियो सन्चालनको पहलकर्ता मध्ये श्रेष्ठ पनि एक हुन् ।
यस्तै दुई दिनअघि मात्रै प्रहरीले ‘रेडियो मिर्मिरे’ कै अर्का पूर्वअध्यक्ष एवं विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई पनि पक्राउ गरेको थियो । उनलाई पनि हातहतियार तथा खरखजना सम्बन्धी मुद्धा नै लगाईएको छ ।