हिरासतमा रहेका नेतालाई शारीरिक तथा मानसिक यातना

२०७५ चैत्र २४ गते, आईतवार

काठमाडौँ, २४ चैत । जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाे हिरासतमा रहेका विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका सेक्रेटरी गाेकुल पराजुली र मजदुर नेता सविन अाेलीलाई यातना दिइएको समाचार प्राप्त भएकाे छ । उनीहरूलाई छुट्टाछुट्टै काेठामा राखेर पटकपटक शारीरिक तथा मानसिक यातना दिइएकाे समाचार स्राेतकाे दाबी छ । माेटरसाईकलमा वालिङतर्फ जाँदै गर्दा गिरफ्तार गरिएका उनीहरूलाई उनीहरूले बाेकेकाे झाेलामा विभिन्न खाले विष्फाेटक पदार्थ राखिदिएर प्रहरीले झुट्ठा मुद्दा लगाएकाे अाराेप नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युराेले लगाएकाे छ । जनताकाे अावाज उठाउँदै सँघर्षकाे मैदानमा उत्रिएका राजनीतिक कार्यकर्तालाई झुट्ठा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएकाेमा अापत्ति प्रकट गर्दै तुरून्त रिहाईकाे माग पनि ने.क.पा. गण्डक ब्युरोले गरेकाे छ । पार्टीकाे गण्डक ब्युराे सँयाेजक अास्थाले सञ्चारकर्मीहरूसँग टेलिफाेनमा कुरा गर्दै गिरफ्तारीमा परेका अाफ्जा नेता तथा कार्यकर्ताहरूलाई राजनीतिक र मानवीय व्यवहार गर्न पनि माग गरेकी छिन् । स्याङ्जाबाट दलित नेतृ मिसिरा सार्कीलाई पनि प्रहरीले गिरफ्तार गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]