पूर्वको कोशी ब्युरोबाट गिरफ्तार नेतालाई १० दिनको म्याद थप

२०७५ चैत्र २७ गते, बुधबार

काठमाडौं, २७ चैत । नेपाल कम्युनिस्ट पार्टीका चार जना नेतालाई १० दिनको म्याद थपेको छ । मोरङका बिभिन्न स्थानबाट फरक फरक मितिमा गिरफ्तार नेताहरु घनश्याम श्रेष्ठ ‘पुस्कर’, कृष्णकुमार श्रेष्ठ ‘प्रज्वल’, देवकुमार लिम्बु ‘संगीत’, आकाश गौतम ‘माधव’लाई मंगलबार जिल्ला अदालत ईनरुवाले १० दिनको म्याद थपेको हो । चारै जना नेतालाई हातहतियार खरखजना तथा संगठित अपराध ऐन अन्र्तगत मुद्दा चलाईएको छ ।
पार्टीका मोरङ–धनकुटा ईन्चार्ज एवं कोशी ब्यूरो सदस्य संगीतलाई फागुन १५ गते सुनसरीको धरानस्थित पानमाराबाट गिरफ्तार गरेको थियो ।
यस्तै पार्टी ब्यूरो संयोजक पुष्कर र सदस्य माधवलाई चैत १० गते मोरङबाट गिरफ्तार गरेको थियो ।यस्तै मोरङ जिल्ला ईन्चार्ज प्रज्वललाई मोरङकै सुन्दरहरैचास्थित चिउरिमिलबाट चैत १३ गते गिरफ्तार गरिएको थियो । उनीहरुमध्ये संगितलाई ईलाका प्रहरी कार्यलय धरानमा, माधव र पुस्करलाई ईलाका प्रहरी कार्यलय ईटहरी र प्रज्वललाई ईलाका प्रहरी कार्यलय लौकहिमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]