नेविसंघ खबरदारी सभा गर्दै

२०७५ चैत्र २७ गते, बुधबार

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको अराजकता र प्रतिपक्षी दल आफ्नै पार्टी नेपाली कांग्रेसको मौनताविरुद्ध खबरदारी गर्ने भएको छ । दुईतिहाइ बहुमतको सरकारले एकपछि अर्को अराजक काम गर्दै गएको, तर प्रतिपक्षी दल कांग्रस र कांग्रेस नेतृत्वले त्यसमा सहि थप्दै गएको , सरकारको जथाभावी कदमको विरोध नगरी मौनता प्रकट गरेको भन्दै आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध नेविसंघले खबरदारी गर्न लागेको हो । नेविसंघले यही चैत २९ गते शुक्रबारका दिन प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ प्रांगणमा बिहान ११ बजेबाट खबरदारी सभा गर्न लागेको संघका नेता विपिन अधिकारीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]